संसारभर लकडाउन घोषणा गरिएका मुलुकमा नागरिकलाई घरभित्रै राख्न सरकारी अधिकारीहरुले अनेक उपाय अपनाइरहेका छन्।
भारतमा पनि प्रहरीले मानिसलाई लाठी प्रहार गर्नेदेखि खादा र अबिर लगाउनेसम्मका उपाय अपनाइरहेका छन्।
तर, चेन्नईमा एक प्रहरीको उपायले धेरैको ध्यान खिचेको छ।
इन्स्पेक्टर राजेश बाबुले कोरोना भाइरसजस्तो देखिने हेलमेट लगाएर सडकका मानिसलाई घरभित्र बस्न आह्वान गरिरहेका छन्।
स्थानीय कलाकार बी गोथमले सो हेलमेट डिजाइन गरेका थिए।
त्यो हेलमेट लगाएका राजेश बाबु कार र मोटरसाइकल चलाइरहेकालाई रोक्छन् र भित्र बस्नुको महत्व सम्झाउँछन्।
‘तपाईं बाहिर निस्किनुभयो भने म भित्र आउँछु,’ उनी भाइरसका रुपमा बोल्छन्।
भारतमा संक्रमितको संख्या १ हजार नाघिसकेको छ भने २७ को मृत्यु भएको छ। एजेन्सी
प्रतिक्रिया