ad ad

समाज


कोरोनाको उद्गमस्थल चीनमा भन्दा स्पेनमा बढी कोरोना संक्रमित र मृतक

कोरोनाको उद्गमस्थल चीनमा भन्दा स्पेनमा बढी कोरोना संक्रमित र मृतक

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:४०,

स्पेनमा सोमबार कोरोना संक्रमितको संख्या ८५ हजार १९५ पुग्दा चीनमा ८१ हजार ४७० कोरोना संक्रमित छन्।

स्पेनमा हालसम्म ७ हजार ३४० को मृत्यु भएको छ। मृतक संख्या पनि चीनमा भन्दा स्पेनमै बढी छ।

कोरोना भाइरस ‘कोभिड–१९’ विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ। यस महामारीले विश्वलाई त्रसित बनाएको अवस्था छ। हाल विश्व नै ठप्प छ।

कोरोना संक्रमणको त्राससँगै विश्वभरका हवाई सेवा अवरुद्ध छन्, पर्यटन, उद्योग लगायतका क्षेत्र बन्दहुँदा विश्वले ठूलो आर्थिक मन्दीको सामना गरिरहेको छ।

सोमबारसम्म ३४ हजार ८०८ को कोरोनाका कारण मृत्यु भइसकेको छ। ७ लाख ३५ हजार १९८ जना भने कोरोनाका कारण बिरामी परेका छन्। यस्तै १ लाख ५६ हजार १३७ जना उपचारपछि स्वस्थ भएका छन्।

कोरोनाले ग्रस्त सात राष्ट्र

१. अमेरिकाः १ लाख ४२ हजार ७९३ संक्रमित, २४ सय ९० को मृत्यु, ४ हजार ५६२ उपचारपछि स्वस्थ

२. इटलीः ९७ हजार ६८९ संक्रमित, १० हजार ७७९ को मृत्यु, १३ हजार ३० उपचारपछि स्वस्थ

३. स्पेनः ८५ हजार १९५ संक्रमित, ७ हजार ३४० को मृत्यु, १६ हजार ७८० उपचारपछि स्वस्थ

४. चीनः ८१ हजार ४७० संक्रमित, ३३ सय ४ को मृत्यु, ७५ हजार ७ सय उपचापछि स्वस्थ

५. जर्मनीः ६२ हजार ४३५ संक्रमित, ५४१ को मृत्यु, ९ हजार २११ उपचारपछि स्वस्थ

६. इरानः ४१ हजार ४९५ संक्रमित, २७ सय ५७ को मृत्यु, १३ हजार ९११ उपचारपछि स्वस्थ

७. फ्रान्सः ४० हजार १७४ संक्रमित, २६ सय ६ को मृत्यु, ७ हजार २०२ उपचारपछि स्वस्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .