समाज


अदालतबाट हाँस्दै हिरासत गए दुर्गा प्रसाईं (तस्बिरहरू)

अदालतबाट हाँस्दै हिरासत गए दुर्गा प्रसाईं (तस्बिरहरू)

सौगात दाहाल
चैत २९, २०८१ शुक्रबार १६:१६, काठमाडौँ

राजावादीको हिंस्रक प्रदर्शनको कमान्डर दुर्गा प्रसाईं र उनका अंग रक्षकलाई अदालत पेस गरिएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रसाईं र झापा बुद्धशान्ति गाउँपालिकाका दीपक खड्कालाई पक्राउ गरी अदालत पेस गरिएको हो। प्रहरीले अनुसन्धानका लागि सरकारी वकिलमार्फत १२ दिनको म्याद माग गरेको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

प्रसाईंमाथि भिडलाई उत्तेजित बनाइ संघीय संसद् भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरी, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरूलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसेको आरोप छ। 

त्यस्तै सुरक्षाकर्मीहरूलाई घाइते बनाइ निजी सम्पत्ति, संचार गृह, विभिन्न राजनीतिकक दलहरूको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारिक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील/अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्ड समेतमा तोडफोड, आगजनी गरेको आरोप पनि छ।  

प्रसाईंलाई बिहीबार भारतको आसामस्थित प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान काँकडभिट्टा सीमा नाकामा नेपाल प्रहरीलाई बुझाएको थियो। त्यसपछि भद्रपुर विमानस्थलबाट विमानमार्फत काठमाडौँ ल्याएर अदालत पेस गरिएको थियो। 

अदालत भित्र जाँदा र बाहिरिँदा उनी हाँसिरहेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad