समाज


दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १५:७, काठमाडौँ

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।  

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनी चैत १५ गतेदेखि नै फरार थिए। बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल-भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो। 

प्रहरीले भद्रपुरबाट विमानमार्फत ल्याइ अदालतमा पेस गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad