नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) नेपालमा स्थापित एवं क्रियाशील द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु मध्येबाट पाँचौं पटक उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गरेका हुन्।
नेपाल र भारतका उद्योगी व्यवसायीहरुबीच सुमधुर औद्योगिक व्यावसायिक सम्बन्ध स्थापित गरी नेपालको उद्योग, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०४९ सालमा स्थापना भएको थियो।
२०५१ भदौ २१ गते विधिवत् दर्ता भएको नेपाल–भारत उद्योग वाणिज्य संघ एक अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा निरन्त क्रियाशील संस्थाको रुपमा रहेको छ।
Shares

प्रतिक्रिया