ad ad

समाज


भारतीय भूमिमा अलपत्र नेपाली फर्काउन दार्चुला प्रशासनमा छलफल

भारतीय भूमिमा अलपत्र नेपाली फर्काउन दार्चुला प्रशासनमा छलफल

नेपालखबर
चैत १७, २०७६ सोमबार ८:९,

भारतीय भूमिमा अलपत्र नेपालीलाई फर्काउने विषयमा दार्चुला प्रशासनमा छलफल जारी छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अलपत्र नेपालीलाई फर्काउने र फर्काएपछि क्वारेन्टिनमा राख्ने विषयमा छलफल चलिरहेको नेपालखबरलाई जानकारी दिएका हुन्।

सीमा बन्द भएपछि अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले आइतबार नै नेपाली भएको प्रमाण भए प्रवेश गर्न दिने भए पनि त्यहाँ झण्डै ५ सय नेपाली अलपत्र परेको खबर आएको छ। सीमानामा नेपालीले देश फर्किन पाउनुपर्ने भन्दै नाराजुलुस समेत गरिरहेका छन्।

भारतमा कार्यरत नेपालीहरु भारतबाट आए पनि आफ्नै देशको सिमानामा तीन दिनदेखि रोकिएका हुन्। महाकाली पुलपारी ‘आफ्ना जनता फिर्ता ले, नेपाल नाका खुल्ला गर’ जस्ता नारा लगाइरहेका छन्।

नरबहादुर विष्टले ट्विटरमा राखेको दार्चुला सदरमुकाम पारि धार्चुलाको भिडियो क्लिप :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .