ad ad

समाज


भारतमा २ सय ८८ किलोमिटर टाढाको घर हिँडेर जान खोज्दा एक मजदुरको मृत्यु

भारतमा २ सय ८८ किलोमिटर टाढाको घर हिँडेर जान खोज्दा एक मजदुरको मृत्यु

नेपालखबर
चैत १७, २०७६ सोमबार ७:५८,

कोरोना भाइरसको त्राससँगै गतहप्ताको बुधबारदेखि २१ दिनसम्म भारत लकडाउन गरिएको छ।

यसबीचमा त्यहाँ दैनिक मजदुरी गरेर खानेहरु भोकभोकै बस्न बाध्य भएका छन्। उनीहरु घर फर्कन पनि सकिरहेका छैनन्। किनभने सवारी साधनहरु सबै ठप्प छन्।

काम बन्द भएपछि र पैसा सकिन थालेपछि हालै नयाँ दिल्लीमा मजदुरी गरिरहेका रणवीर सिंह आफ्नो घर मध्यप्रदेश राज्यको मोेना जिल्लाका लागि हिँडेका थिए।

उनले २ सय ८८ किलोमिटरको दुरी हिँडेरै तय गर्ने विचार गरेका थिए। तर हिँड्दा हिँड्दै उनको बेहोस भएर मृत्यु भएको भारतीय प्रहरीहरुले बताएका छन्।

रणवीर बिच बाटोमा चिया पिउन रोकिएका थिए। चियाँ पिउँदै गर्दा उनले दोकानदारसँग आफ्नो छाती दुखेको बताएका थिए।

त्यसको केहीबेरमै उनको निधन भएको थियो।

हालसम्म भारतमा एक हजार ७१ जना कोरोनाबाट बिरामी परेका छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .