ad ad

समाज


सीमामा रोकिएका दुई नेपाली महाकालीमा पौडिएर नेपाल आए

सीमामा रोकिएका दुई नेपाली महाकालीमा पौडिएर नेपाल आए

उजिर कार्की
चैत १७, २०७६ सोमबार ८:२४,

सोमबार दिउँसो उनीहरु नदीबाट पौडिएर नेपाल प्रवेश गरेको दार्चुला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मत बोहोराले नेपालखबरलाई बताए।

यसरी प्रवेश गर्नेमा इन्द्रराज खत्री र अर्का एक जना रहेका छन्। दुवै जना फरक–फरक समयमा पौडिएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।

महाकाली नदी तर्नासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टिनमा राखिएको छ।

सिमानामा चार सयजति नेपाली अलपत्र परेको प्रहरीले जनाएको छ। उनीहरुलाई नेपाल प्रवेश गर्न दिने विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .