समाज


फेसबुकमा ‘नेपाल श्रीलंका र बंगलादेशको बाटोमा अघि बढ्नुपर्छ’ भनेर लेख्नेलाई २० दिन थुनामा राख्न अनुमति

फेसबुकमा  ‘नेपाल श्रीलंका र बंगलादेशको बाटोमा अघि बढ्नुपर्छ’ भनेर लेख्नेलाई २० दिन थुनामा राख्न अनुमति

नेपालखबर
चैत २७, २०८१ बुधबार २१:५०, काठमाडौँ

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोडमा संलग्न तथा नेपाललाई श्रीलंकार बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका २७ बस्ने वर्ष ५३ को कमल कुमार विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसूरमा २० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

गत चैत १५ गते तीनकुनेमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’को आयोजनामा भएको प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

विष्टलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो।

साथै उनको फेसबुक पेजमा ‘नेपाल श्रीलंका, बंगलादेशको मोडलमा अगाडी बढ्नु पर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्ति लेखेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad