समाज


जलवायु परिवर्तनले स्वास्थ्यमा पारेका असरबारे छलफल गर्न शिखर सम्मेलन

जलवायु परिवर्तनले स्वास्थ्यमा पारेका असरबारे छलफल गर्न शिखर सम्मेलन

नेपालखबर
चैत २७, २०८१ बुधबार १६:३०, काठमाडौँ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरका विषयमा छलफल गर्न राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औं शिखर सम्मेलन गर्ने भएको छ । 

परिषद्ले आज पत्रकार सम्मेलन गरी चैत्र २८ देखि ३० सम्म  स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन दिगो र समतामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली विषयमा ११ सयभन्दा बढी विज्ञसँग छलफल गर्ने जनाएको हो। 

परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनमा १ हजारभन्दा बढी राष्ट्रिय र १ सयभन्दा बढी अन्तराष्ट्रिय वैज्ञानिकहरू सहभागी हुने बताए। दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरू र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुहरूमा केन्द्रीत भएर छलफल गरिने बताएका छन्। 

सम्मेलनमा २७६  विषयमा भएका अनुसन्धानहरू प्रस्तुत हुने जनाइएको छ। सम्मेलनबाट प्राप्त निष्कर्ष नीति निर्माण बनाउन सहयोग गर्ने परिषद्ले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad