जन्मकैद सजाय तोकिएका अपराधी १७ वर्षपछि पक्राउ परेका छन्। पर्सास्थित विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली वीरगन्जबाट पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए।
उनीमाथि २०६९ कात्तिक २४ गते सर्वोच्च अदालतले साविक मुलकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैद ठहरको फैसला सुनाएको थियो।
प्रहरीले फैसला कार्यान्वयनका लागि लोकनाथलाई आज मंगलबार जिल्ला अदालत पर्सामा पेस गरिएको पनि जनाएको छ।
2.1k
Shares

प्रतिक्रिया