समाज


बार निर्वाचन: सर्वोच्चको मत गणनापछि पनि श्रेष्ठले घटाउन सकेनन् अन्तर

बार निर्वाचन: सर्वोच्चको मत गणनापछि पनि श्रेष्ठले घटाउन सकेनन् अन्तर

रमनकुमार श्रेष्ठ र विजयप्रसाद मिश्र


नेपालखबर
चैत २६, २०८१ मंगलबार २०:१, काठमाडौँ

नेपाल बार एसोसिएसनको मतगणना जारी छ। 

सर्वोच्च अदालत बार एसोसिएसनका सदस्यहरूको मत गणना गर्दा पनि विपक्षी गठबन्धन निकट उम्मेदवारहरूले मतान्तर घटाउन सकेनन्।

साँझ पौने ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार, सत्ता गठबन्धननिकट प्यानलबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले २ हजार ३४३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठले १ हजार २०० मत ल्याएका छन्। 

महासचिवका उम्मेदवार केदारप्रसाद कोइरालाले २ हजार ३५२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले १ हजार १२ मत ल्याएका छन्। 

वयोवृद्ध कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीदेखि अन्य वरिष्ठ अधिवक्ताहरू रहेको सर्वोच्च बारबाट श्रेष्ठले केही बढी मत पाउने अपेक्षा गरेका थिए। श्रेष्ठको समर्थनमा शम्भु थापा, सुशील पन्तलगायत थिए।

कसको कति मत?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad