समाज


म्यानमारका भूकम्पपीडितलाई चार्टर्ड विमानमार्फत राहत पठाउँदै सरकार

म्यानमारका भूकम्पपीडितलाई चार्टर्ड विमानमार्फत राहत पठाउँदै सरकार

नेपालखबर
चैत २६, २०८१ मंगलबार १९:७, काठमाडौँ

सरकारले म्यानमारका भूकम्पपीडितलाई राहत सहयोग पठाउने भएको छ। गृहमन्त्रालयका अनुसार भोलि बुधबार गृह मन्त्रालयका अनुसार सरकारले बुधबार (भोलि) खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायतका सामाग्रीहरू म्यानमार पठाउन लागिएको हो। 

सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित अत्यावश्यक वस्तुहरू नेपाल वायु सेवा निगमको चार्टर विमानबाट सामान म्यानमार पठाउन लागेको जनाएको छ। 

यही चैत १५ गते ७.७ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो। भूकम्पको चपेटामा परेको म्यानमारलाई नेपाल सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित अत्यावश्यक वस्तुहरू पठाउन लागेको हो। 

म्यानमारका भूकम्पपीडित सहायताका लागि २ करोड ४७ लाख बराबरको ४१ टन सामाग्री सरकारले पठाउने मन्त्रालयले जनाएको छ। यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad