समाज


सञ्चारिका समूहको १० बुँदे मागपत्र शीतलनिवासमा, राष्ट्रपतिले भने- ताकिता गर्नेछु

सञ्चारिका समूहको १० बुँदे मागपत्र शीतलनिवासमा, राष्ट्रपतिले भने- ताकिता गर्नेछु

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:११, काठमाडौँ

सञ्चारिका समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो मागपत्र बुझाएको छ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा नेतृत्वको एक टोलीले राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेटी पत्रकार महिलाका साझा मुद्दा समेटिएकाे मागपत्र पेस गरिएको केन्द्रीय सदस्य साजना तामाङले नेपालखबरलाई जानकारी दिइन्।

उनका अनुसार, राष्ट्रपतिलाई १० बुँदा रहेको मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि मागपत्र बुझाइएको हो।

सञ्चारिकाको मागपत्र बुझिसकेपछि राष्ट्रपति पौडेलले भने, ‘सञ्चारिका समूहको नाम मैले निकै सुनिरहेको हो। तपाईँहरूले जिम्मेवार भएर राम्रो काम गरिरहनुभएको छ। कार्यकारी भूमिकामा नभए पनि तपाईँहरूकाे मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न ताकेता गर्नेछु।भेटघाटका लागि आउनुभयो, धन्यवाद।’

सञ्चारिका समूह २०५२ सालमा स्थापना भएको देशभरका पत्रकार महिलाको साझा संस्था हो।

यस्ता छन् समूहका माग-
१. सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण स्थापना गरियोस्।

२. समान कामको समान ज्याला निर्धारण गरियोस्।

३. पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गरियोस्।

४. पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुने क्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको सुनिश्चितता गरियोस्।

५. सरकारी नियुक्तिहरूमा पत्रकार महिलालाई प्राथमिकता दिइयोस्।

६. पत्रकारितामा आउन चाहने नयाँ पुस्ताका महिलालाई प्रोत्साहन गर्नका लागि उत्साहजनक वातावरणको सृजना गरियोस्।

७. कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेवापत आउने धम्की तथा हुन सक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारवाही गर्ने निकाय खडा गरियोस्।

८. पत्रकार महिलाका विशेष अवस्थाहरू (जस्तैः गर्भवती, सुत्केरी) लाई सम्बोधन गर्दै तलबी बिदाको व्यवस्था गरियोस्।

९. समाचार संकलन तथा सम्प्रेषणका क्रममा हुन सक्ने दुर्घटनाहरूमा पत्रकार महिलालाई सहज उपचारका लागि स्वास्थ्य बिमाको व्यवस्था गरियोस्।

१०. मिडिया हाउसहरुमा पत्रकार महिलाको करार नियुक्तिको अवधि छोट्याई यसको अनुगमन गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad