समाज


अस्वस्थकर हावा मुगुसम्म फैलियो

अस्वस्थकर हावा मुगुसम्म फैलियो

मुगु कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं-८ स्थित कच्चेकोट। फाइल तस्बिर : रासस


नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:१४, काठमाडौँ

काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा भने कायमै छ।

हावाको गुणस्तर मापन गर्ने 'एयर क्वालिटी इन्डेक्स'अनुसार आज काठमाडौँको एक्यूआई १८१  मापन भएको छ। इन्डेक्सका अति स्वस्थकरसम्म पुगेको हावा आज अस्वस्थकर मापन भएको छ। काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो। 

आज काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको एक्यूआई सबैभन्दा उच्च छ। आज ललितपुरको पाटन र भैँसेपाटी क्षेत्र बढी प्रदूषित बनेको छ। पाटनको एक्यूआई १९० र भैँसेपाटीको १६१ मापन भएको छ।

भक्तपुरको १७३ मापन भएको छ। हिमाली जिल्ला मुगुको हावा पनि अवस्थकर बनेको छ। एक्यू एअर इन्डेक्सका अनुसार मुगु जिल्लाको एक्यूआई १६३ मापन भएको छ। यस्तै इलामको १८२, जनकपुरको १४४, इटहरीको १३९, पोखराको १३०, भरतपुरको १२८ एक्यूआई मापन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad