समाज


बार निर्वाचन: मिश्र र कोइरालाको प्यानलै अगाडि

बार निर्वाचन: मिश्र र कोइरालाको प्यानलै अगाडि

नेपालखबर
चैत २६, २०८१ मंगलबार ११:५९, काठमाडौँ

नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ।

सोमबार सुरू भएको मतगणना आज पनि जारी छ।

प्राप्त नतिजाअनुसार, विजयप्रसाद मिश्र नेतृत्वको प्यानलले सबैतिर अग्रता बढाइरहेको छ।

सत्ता गठबन्धन निकट अध्यक्षका उम्मदेवार मिश्रले ८६९ मत ल्याउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले ५२९ मत पाएका छन्।

श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि छन्।

महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ८७१ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन्।

बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो।

अहिले पर्सा, हेटौँडा बागलुङको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठले अग्रता लिएका छन्।

यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की अगाडि छन्।

सदस्यहरूमा चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल अगाडि छन्।

खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनालीले फराकिलो अग्रता कायम गरेका छन्।

यी सबै मिश्र प्यानलका हुन्।

नेपाल बारमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपानिकट कानुन व्यवसायीका संगठनले गठबन्धन गरी संयुक्त प्यानल बनाएका थिए।

यसविरूद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायीले अर्को प्यानल बनाएका थिए।

हेर्नुहोस्, कसको कति मत?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad