समाज


सुरु भयो बार चुनावको मतगणना

सुरु भयो बार चुनावको मतगणना

फाइल तस्बिर: बार अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ


नेपालखबर
चैत २५, २०८१ सोमबार १३:१७, काठमाडौँ

कानुन व्यवसायीहरूको पेसागत संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना थालिएको छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारकै केन्द्रीय कार्यालयमा आज दिउँसो १२:४५ बजे मत गन्न सुरु गरिएको हो। 

‘तीन ठाउँमा राखेर मत गन्न थालेका छौँ’, उनले नेपालखबरसँग भने, ‘चौथो ठाउँको तयारी पनि गरिरहेका छौँ।’ 

बारको २७औँ केन्द्रीय कार्यसमिति चयन गर्न गत शनिबार काठमाडौँ उपत्यका र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। सबै मतदानकेन्द्रका मतपेटिका काठमाडौँ ल्याइसकेपछि मत गन्न सुरु गरिएको हो। 

कूल ९ हजार ९५७ मतदाता रहेकामा ७ हजार ९९५ मत खसेको थियो।  

बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाले उम्मेदवारी दिएका छन्। 

बार अध्यक्षका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार बनेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट महासचिवमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार मतगणनाको अन्तिम नजिता आउन ३/४ दिन लाग्छ। 

गोपालकृष्ण घिमिरेको अध्यक्षतामा रहेको बारको  वर्तमान केन्द्रीय कार्यसमितिले वैशाख ६ गते नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ। 

त्यस दिन आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभासहित पदभार हस्तान्तरण गरिने बारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad