कारोबार


अर्थमन्त्रीले नीलमलाई तोके राष्ट्र बैंकको कामु गभर्नर, गभर्नर नियुक्ति आज नहुने

अर्थमन्त्रीले नीलमलाई तोके राष्ट्र बैंकको कामु गभर्नर, गभर्नर नियुक्ति आज नहुने

नेपालखबर
चैत २५, २०८१ सोमबार १३:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले पाएकी छिन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई कामुको जिम्मेवारी दिएको हो। 

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिए पनि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्। उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। 
राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad