समाज


नेपालमा काेरोनाः आज आयो ४२ जनाको रिपोर्ट

नेपालमा काेरोनाः आज आयो ४२ जनाको रिपोर्ट

नेपालखबर
चैत १६, २०७६ आइतबार १६:१०,

कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ४२ जनाको नतिजा सार्वजनिक गरेको छ।

आइतबारकाे सबै नतिजामा कोरोना भाइरस नेगेटिभ अर्थात् नदेखिएको मन्त्रालयले जानकारी दिएको छ।

शनिबार कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने बिरामीको संख्या ८७५ रहेकामा आइतबार यो संख्या ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको हो।

ssssss

यसमध्ये अहिलेसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। तीमध्ये पनि एक जना उहिल्यै स्वस्थ भइसकेका छन् भने बाँकी ४ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन।

यद्यपि बुटवलमा कोरोना संक्रमण आशंकामा उपचारमा रहेका एक युवकको आइतबार मृत्यु भएको छ। तर उनको नमुना परीक्षणको रिपोर्ट आइनसकेकाले उनको मृत्यु कोरोनाकै कारण भयो वा अन्य कारण भन्ने निश्चित हुन बाँकी छ।

नेपालमा कोरोना भाइरसको परीक्षण अहिलेसम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा मात्र हुन्छ। तसर्थ देशभरिका कोरोना शंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणका लागि उनीहरूको नमुना (र्‍याल) परीक्षण गराउन टेकु प्रयोगशालामै पठाइन्छ।

केही दिनयता नेपालमा कोरोना भाइरस लक्षण देखिएका बिरामीको नमुना परीक्षण गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .