प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन्। भारतका प्रधानन्यायाधीश संजिव खन्नाको निमन्त्रणमा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका उच्च अधिकारीहरू ५ दिने भ्रमणका लागि भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
भ्रमण टोलीमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेलर उपरजिस्ट्रार नवीनकुमार यादव सामेल छन्। उनीहरु आइतबार नेपाल एयरलाइन्समार्फत भारत प्रस्थान गरेका हुन्।
बिहीबारसम्म भारतको सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको पनि प्रवक्ता कुइँकेलले बताए।

120
Shares

प्रतिक्रिया