समाज


अधिवक्ताको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, उत्कृष्ट १० मा ७ महिला (सूचीसहित)

अधिवक्ताको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, उत्कृष्ट १० मा ७ महिला (सूचीसहित)

रोजिना आचार्य क्षत्री, जो सर्वोत्कृष्ट भइन्


नेपालखबर
चैत २४, २०८१ आइतबार १७:५८, काठमाडौँ

अधिवक्ताको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ।  नेपाल कानुन व्यवसायी परिषद्‌द्वारा सञ्चालित अधिवक्ता तहको ३२‍औं परीक्षामा सहभागीको नतिजा सार्वजनिक भएको हो। नतिजामा १० उत्कृष्टमा ७ जना महिला छन्।  

सर्वोत्कृष्ट रोजिना आचार्य क्षेत्री भएकी छन्। उनले ८०.७६ प्रतिशत अंक ल्याएकी हुन्। निशा दाहाल, आस्था ढुङ्गेल, सेलिना अधिकारी, समीक्षा अधिकारी, अनिषा आचार्य र मोनिका कार्की क्रमशः शीर्ष १० मा पर्न सफल भएका छन्। 

उत्तीर्ण परीक्षार्थीलाई २०८२ वैशाख १० गतेभित्र कानुन व्यवसायी प्रमाणपत्रका लागि निवेदनसहितका कागजात बुझाउन भनिएको छ। 

उत्तीर्ण भए पनि कुनै सरकारी, गैरसरकारी वा संघ संस्थामा कार्यरतहरूले भने जागिर छाडिसकेपछि मात्रै प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad