नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ।
कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समिति र तामाङ समुदाय सम्बध विभिन्न संगठनहरुले आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेका हुन्।

घिसिङलाई ‘उज्यालो नेपालका नायक’को संज्ञा दिँदै प्रदर्शनकारीहरूले अपमानजनकरुपमा गरिएको बर्खास्ती फिर्ता लिन समेत माग गरेका छन्।
प्रदर्शनमा ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो’, ‘राम्रो काम गर्नेलाई बर्खास्त गर्ने सरकार मुर्दावाद’, ‘कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय बन्द फिर्ता गर’ लगायत लेखिएका प्लेकार्ड देखाइएको थियो।
सरकारले गत चैत ११ गते घिसिङलाई हटाउने निर्णय गरेको थियो। त्यसअघि पटक–पटक उनलाई स्पष्टीकरण सोधेको थियो। सरकारलाई असहयोग गरेको भन्दै हटाउनु परेको स्पष्टीकरण सरकारले दिएको छ।
तर, धेरैले राजनीतिक पूर्वाग्रह राखेर घिसिङलाई हटाइएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।



















Shares

प्रतिक्रिया