ग्लोबल


पत्नीसहित अन्टार्कटिका घुम्न हिँडेका उपराष्ट्रपतिलाई इरानी राष्ट्रपतिले गरे बर्खास्त

पत्नीसहित अन्टार्कटिका घुम्न हिँडेका उपराष्ट्रपतिलाई इरानी राष्ट्रपतिले गरे बर्खास्त

नेपालखबर
चैत २४, २०८१ आइतबार १६:१५,

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना उपराष्ट्रपतिमध्ये एकजनालाई बर्खास्त गरेका छन्। संसदीय मामिला हेर्ने शाहराम दबिरी पत्नीसहित अन्टार्कटिका घुम्न हिँडेपछि बर्खास्तीमा परेका हुन्।

दबिरीको दक्षिणी ध्रुवसम्मको यात्रालाई राष्ट्रपति कार्यालयले इरानको वर्तमान आर्थिक चुनौतीमाझ अस्वीकार्य भनेको छ।

अन्टार्कटिका जाँदै गरेको जहाजअगाडि दबिरी र उनको पत्नीले खिचएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै त्यसले इरानमा ठूलो आक्रोश उत्पन्न गरेको थियो।

शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पेजेस्कियानले दबिरीलाई संसदीय मामिलासम्बन्धी उपराष्ट्रपतिबाट हटाइएको जानकारी दिएका छन्। 

‘हाम्रा जनतामाथि आर्थिक दबाबका बीचमा व्यक्तिगत खर्चमै भए पनि सरकारी अधिकारीहरूको भव्य भ्रमणहरू अक्षम्य छन्,’ उनले भनेका छन्।

पश्चिमा मुलुकबाट भारी नाकाबन्दी झेलिरहेको इरानको अर्थव्यवस्था निकै ठूलो दबाबमा छ। 

एमभी प्लान्सिअस जहाजमा अन्टार्कटिकासम्मको यात्राको खर्च ६ हजार ६८५ डलरबाट सुरु हुने बताइएको छ। यद्यपि, दबिरी कुन माध्यम र कति खर्चमा अन्टार्कटिका गएका हुन्, स्पष्ट छैन।

सो स्थानको यात्रा प्रायः वैज्ञानिक र अन्वेषकहरूले गर्ने गर्छन्। तर, पछिल्ला वर्षहरूमा पर्यटकहरूको संख्या पनि बढेको छ। 

पेजेस्कियान गत वर्ष अर्थतन्त्र बलियो पार्ने वाचासहित राष्ट्रपतिमा निर्वाचित भएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad