समाज


आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

नेपालखबर
चैत २१, २०८१ बिहिबार १३:१५, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ। मन्त्रालयले बिहीबार (चैत २१) विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ।

'शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्मण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,' विज्ञप्तिमा उल्लेख छ।

शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै शिक्षकहरूले बुधबार (चैत २०)देखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन्। विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ। तर, संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो। अर्को अधिवेशन (संसद् बैठक) आह्वान गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad