समाज


वायु प्रदूषण: आज काठमाडौँ विश्वकै दोस्रो नम्बरमा, दिल्ली पहिलो

वायु प्रदूषण: आज काठमाडौँ विश्वकै दोस्रो नम्बरमा, दिल्ली पहिलो

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८१ बुधबार ७:३७, काठमाडौँ

काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ। हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको नेपाल आज दोस्रो स्थानमा ओर्लिएको हो। आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको जानकारहरुको भनाई छ। 

‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो।

इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ।

त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्थानको लाहोर छ। त्यहाँको वायुको एक्यूआई आज १७८ छ।  

चिकित्कसहरुले अहिले काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक भएको बताएका छन्। उनीहरुले यस्तो अवस्थामा बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ। 

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

हेर्नुस् आज विश्वका १५ सहरको एक्यूआई सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad