काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ।
चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले नेपालखबरलाई जानकारी दिए।
आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए।
तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ।
रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।
त्यसो त प्रहरीले यसअघि नै गोली लागेको हल्लाको खण्डन गरिसकेको थियो।
प्रहरीले भन्यो : तीनकुनेमा मारिएका पत्रकारबारे अफवाह फैलाइयो, शव पोस्टमार्टम नै भएको छैन
सोमबार विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो।
३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रूपमा बताएको छ। उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो।
Shares

प्रतिक्रिया