समाज


तीनकुने घटनामा थप १८ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

तीनकुने घटनामा थप १८ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
चैत १९, २०८१ मंगलबार १८:४१, काठमाडौँ

काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलोपटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै बुधबार पुनः अदालतमा उपपस्थित गराइने काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको छ।

मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको छ। अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने एसपी बोहराले बताए।

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। 

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवलशमशेर राणासमेत ४१ जना यसअघि नै हिरासतमा छन्।

प्रहरीले पक्राउ गरेका केहीलाई भने अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनीहरू भाटभटेनीमा ससाना समान लुटपाटमा संलग्नहरू छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad