समाज


माकलबारीमा वर्कसपभित्रै हत्या गरी शव गाडेको आरोपमा ६ जना पक्राउ

माकलबारीमा वर्कसपभित्रै हत्या गरी शव गाडेको आरोपमा ६ जना पक्राउ

नेपालखबर
चैत १८, २०८१ सोमबार १०:५५, काठमाडौँ

काठमाडौँको माकलबारीमा युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालााई पक्राउ गरेको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका- ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका- ५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको हत्या भएको थियो। 

चैत ११ गतेदेखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडी जमिनमा गाडीएको अवस्थामा शव फेला परेको थियो। 

उनी हराएको सूचना प्रहरी वृत्त बोद्धमा पुगेपछि प्रहरीले खोजतलास गरेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई हत्या गरेको खुलेको र हत्यामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्हरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर ५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका विजय यादव, १८ वर्षका करन कुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका  उत्तम मण्डल र भारतको बिहार घर भई हाल दक्षिणढोका वस्ने २९ वर्षका सुनिल शर्मा रहेका छन्। 

उनीहरुलाई अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad