सरकारले आज सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।
नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम इद पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ। इस्लाम धर्मावलम्बीले ईद–उल–फित्र हर्षोल्लासका साथ मनाउँदै आएका छन्।

927
Shares

प्रतिक्रिया