खेल


आईपीएल: हैदरावादलाई ८ विकेटले पराजित गर्दै दिल्लीको सानदार जित

आईपीएल: हैदरावादलाई ८ विकेटले पराजित गर्दै दिल्लीको सानदार जित

नेपालखबर
चैत १८, २०८१ सोमबार ६:४, काठमाडौँ

मिचेल स्टार्सले आफ्नो टी २० क्रिकेट करियरमा पहिलो पाँच विकेट लिएपछि दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा सानदार जित दर्ता गरेको छ। 

मिचेल स्टार्सले आफ्नो टी २० क्रिकेट करियरमा पहिलो पाँच विकेट लिएपछि दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा सानदार जित दर्ता गरेको छ। 

आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै दिल्लीले  आईपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो। यो जितसँगै दिल्ली ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

सनराइजर्सलाई कम स्कोरमा रोक्न दिल्लीका  मिचलेलले पाँच विकेट झारे। उनले ३.४ ओभरमा ३५ रन खर्चे। कुलदिप यादवले ३ विकेट लिए। मोहित शर्माको नाममा एक विकेट रह्यो। 

विशाखापटनममा टस जितेर ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १ सय ६३ रन बनाउँदा अलआउट भयो। 

हैदरावादका लागि अनिकेत बर्माले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। हेनरिच क्लासेनले ३२ र त्राभिस हेडले २२ रन थपे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

हैदरावादले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। दिल्लीका ओपनर फाफ डु प्लेसिसले अर्धशतक पूरा गरे। उनले २७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५० रन बनाउँदा जेसन अन्सारीको बलमा क्याच आउट हुन पुगे। 

अर्का ओपनर जेके फ्रासर ३८ रन बनाउँदा जेसन कै बलमा कट एण्ड बोल्ड भए। केएल राउल १३ रन बनाउँदा अन्सारी कै बलमा बोल्ड हुन पुगे। अविशेक पटेल ३४ र त्रिस्टन स्टुब्स २१ रनमा अविजित रहे। 

आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले आईपीएलको तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। 

चेन्नइलाई ६ रनले हराउँदै राजस्थानले तेस्रो खेलमा आएर पहिलो जितको स्वाद लिन पाएको हो। 

राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो। 

गुहावाटीमा भएको खेलमा चेन्नइले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad