समाज


प्रहरीले भन्यो : तीनकुनेमा मारिएका पत्रकारबारे अफवाह फैलाइयो, शव पोस्टमार्टम नै भएको छैन

प्रहरीले भन्यो : तीनकुनेमा मारिएका पत्रकारबारे अफवाह फैलाइयो, शव पोस्टमार्टम नै भएको छैन

नेपालखबर
चैत १७, २०८१ आइतबार १८:५०, काठमाडौँ

राजावादी प्रदर्शनकारीले घरमा आगो लगाएपछि शुक्रबार मृत्यु भएका पत्रकार सुरेश रजकबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री प्रकाशित भएको भन्दै नेपाल प्रहरीले खण्डन गरेको छ।

‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको’ भन्ने व्यहोराका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पत्रकार रजकको शव पोस्टमार्टम नै नभएको स्पष्ट पार्दै जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुनको दायरामा ल्याइने चेतावनी पनि दिएको छ।

चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले घरमा आगो लगाइदिँदा रजकको ज्यान गएको थियो।

उक्त घटनाको गाम्भीर्य तथा सत्यतथ्य समेत नबुझी विभिन्न सामाजिक सञ्जालमा भ्रामक एवं गलत सूचना प्रवाह भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad