समाज


पत्रकार सुरेश रजक हत्याको विरोधमा उत्रियो पत्रकार महासंघ

पत्रकार सुरेश रजक हत्याको विरोधमा उत्रियो पत्रकार महासंघ

नेपालखबर
चैत १६, २०८१ शनिबार ११:५४, काठमाडौँ

नेपाल पत्रकार महासंघले राजावादीहरूले शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर पत्रकार सुरेश रजकको हत्या गरेको विरोधमा उत्रिएको छ। 

पत्रकार महासंघले घटनाको विरोधमा शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। 

आफ्नो स्थापना दिवसका अवसरमा महासंघले पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मी हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभा आयोजना गरेको हो। 

बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगन गरी विरोध प्रदर्शनमा उत्रिएको हो।

मोरङ र झापामा पनि प्रदर्शन

पत्रकार सुरेश रजक हत्याको विरोधमा शनिबार बिहान नेपाल पत्रकार महासंघ जिल्ला शाखा मोरङले पनि विराटनगरमा प्रदर्शन गरेको छ।

विरोध र्‍यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले  पत्रकार रजकको राजावादीले आगो लगाएर हत्या तथा अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनका कार्यालयमा तोडफोड गर्नेलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिन्।

सहभागी पत्रकारहरूले घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

त्यस्तै नेपाल पत्रकार महासंघ झापाले पनि बिर्तामोडमा विरोध सभा गरेको त्यहाँका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad