समाज


राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १९:८, काठमाडौँ

काठमाडौँको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको छ।

भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिए।

राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि वरपरका घरमा तोडफोड र आगजनी भएको थियो।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथीको त्यही घरमा जलेको अवस्थामा शव फेला परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad