शनिबारसम्म कोरोनाबाट बिरामी हुनेको संख्या ६ लाख १३ हजार ८८२ पुगेको हो।
यस्तै यस भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार २१३ पुगेको छ।
हालसम्म १ सय ९० भन्दा बढी मुलुकमा फैलसकेको कोरोना भाइरसका कारण यतिबेला अमेरिकामा सबैभन्दा बढी संक्रमित छन्।
मृतकको संख्या हेर्दा इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोनाको उद्गमस्थल चीनमा भने हाल कोरोनाको प्रभाव घट्दै गएको छ। चीनबाहिर भने कोरोनाको संक्रमणले सन्त्रास फैल्याएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पाँच मुलुक
१. अमेरिकाः १ लाख ४२ हजार ५६ संक्रमित, १७ सय ४ को मृत्यु
२. इटलीः ८६ हजार ४९८ संक्रमित, ९ हजार १३४ को मृत्यु
३. चीनः ८१ हजार ३९४ संक्रमित, ३२ सय ९५ को मृत्यु
४. स्पेनः ७२ हजार २४८ संक्रमित, ५ हजार ६९० को मृत्यु
५. जर्मनीः ५३ हजार ३४० संक्रमित, ३९५ को मृत्यु
प्रतिक्रिया