समाज


यस्तो छ राजावादी अराजकताको निशानामा परेको जडीबुटी प्रशोधन केन्द्र (तस्बिरहरू)

गृहमन्त्रीले गरे निरीक्षण
यस्तो छ राजावादी अराजकताको निशानामा परेको जडीबुटी प्रशोधन केन्द्र (तस्बिरहरू)

सौगात दाहाल
चैत १६, २०८१ शनिबार ११:२७, काठमाडौँ

काठमाडौँको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कारखानामा राजावादीहरुको समूहले गरेको आगजनीका कारण ठूलो क्षति भएको छ।

शुक्रबार तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए। त्यसै क्रममा जडीबुटी कारखाना पनि निशानामा परेको थियो। 

आगो लगाइएका कारण भवनको अधिकांश भागमा क्षति पुगेको छ। कारखानाका सामानहरु जलेका छन्।

ग्यारेजका गाडीहरु ध्वस्त पारिएको छ। बिहान गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका अधिकारीहरुसँगै यस क्षेत्रको निरीक्षण गरेका छन्।

काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटाएर गएराति आगो नियन्त्रणमा लिइएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad