समाज


कुनै पनि परीक्षामा अवरोध नगर्न शिक्षा मन्त्रालयको अनुरोध

कुनै पनि परीक्षामा अवरोध नगर्न शिक्षा मन्त्रालयको अनुरोध

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २३:१, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि परीक्षामा अवरोध नगर्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै परीक्षा अत्यन्त महत्त्वपूर्ण विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेका छन्।

यतिबेला एसईई तथा स्नातक तहका परीक्षा सञ्चालन भइरहेका छन्। एसईईमा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी छन्।

शुक्रबारको प्रदर्शनका कारण काठमाडौँमा परीक्षा दिएर घर फर्किने विद्यार्थी समस्या परेका थिए।

‘माध्यमिक शिक्षा परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित भई परीक्षा निरन्तर सञ्चालन भइ रहेको छ।साथै, विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौं विद्यार्थी सम्मिलित भई परीक्षा सञ्चालन भइरहेको व्यहोरा सबैलाई जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, ‘लाखौं विद्यार्थीको भविष्य निर्माणको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको परीक्षाजस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन हुन दिनु देशका सप्पूर्ण नागरिकको कर्तव्य हो। सम्पूर्ण परीक्षार्थीलाई परीक्षामा सम्मिलित हुने क्रममा सुरक्षित आवत जावत गर्न तथा ढुक्कसँग परीक्षा दिने लाखौं विद्यार्थीको अधिकारलाई उपभोग गर्न सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक तथा आम समुदायलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हार्दिक अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad