राजनीति


तीनकुने घटनाको छानबिन गर्ने मन्त्रिपरिषदको निर्णय

तीनकुने घटनाको छानबिन गर्ने मन्त्रिपरिषदको निर्णय

फाइल फोटो


नेपालखबर
चैत १५, २०८१ शुक्रबार २३:७, काठमाडौँ

सरकारले शुक्रबार राजावादी प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको छानबिन गर्ने निर्णय गरेको छ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद बैठकले राजावादी प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटको निन्दा गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad