समाज


लुटपाटपछि भाटभटेनीमा बढाइयो सशस्त्रको तैनाथी

लुटपाटपछि भाटभटेनीमा बढाइयो सशस्त्रको तैनाथी

सरोज नेपाल
चैत १५, २०८१ शुक्रबार २०:२७, काठमाडौँ

काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा राजावादी समूहको लुटपाटपछि सुरक्षा तैनाथी बढाइएको छ।

अहिले यस क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो तैनाथी छ।

सुपरमार्केट परिसरमा राजावादीले तोडफोड गरेका सवारी साधन र अन्य सामग्री पनि देख्न सकिन्छ।

दिउँसो राजावादीको उग्र समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेको थियो।

दिउँसो ३:५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन्। सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफुल, महँगो मूल्यका मदिराहरू लिएर भागेको देख्न सकिन्छ।

लुटपाट गर्नेलाई भाटभटेनीकै गार्डले लखेटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad