समाज


चीनमा भन्दा बढी इटलीमा देखिए कोरोना भाइरसका संक्रमित र मृतक

चीनमा भन्दा बढी इटलीमा देखिए कोरोना भाइरसका संक्रमित र मृतक

नेपालखबर
चैत १५, २०७६ शनिबार ७:२,

इटलीमा कोरोना संक्रमित र मृतक संख्या दुवै चीनमा भन्दा बढी पुगेको हो।

इटलीमा शनिबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १३४ पुगेको छ।

चीनमा हालसम्म ८१ हजार ३९४ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३ हजार २९५ को मृत्यु भएको छ।

हालैका दिनमा कोरोनाको प्रभाव चीनबाहिर देखिन थालेको छ। मृतकको संख्यालाई हेर्दा स्पेनमा चीनमा भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा हालसम्म ५ हजार १ सय ३८ को मृत्यु भएको छ।

यस्तै कोरोनाका कारण सबैभन्दा बढी बिरामी हुने देश अमेरिका हो। अमेरिकामा १ लाख ४२ सय ५६ कोरोनाबाट संक्रमित छन्। त्यहाँ १७ सय ४ को मृत्यु भइसकेको छ।

कोरोना भाइरस विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad