कारोबार


‘कोरोना भाइरसका कारण आर्थिक संकटको चपेटामा विश्व’

‘कोरोना भाइरसका कारण आर्थिक संकटको चपेटामा विश्व’

नेपालखबर
चैत १५, २०७६ शनिबार ६:४७,

यस भाइरसका कारण शनिबारसम्म ५ लाख ९७ हजार ४५८ जना संक्रमित छन्। हालसम्म २७ हजार ३७० को मृत्यु भइसकेको छ।

कोरोना भाइरसको त्रासका कारण हाल विश्वभरको व्यापार र व्यवसाय ठप्प पारिएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवा बन्द छन्।

पर्यटन व्यवसाय ठप्प छन्। होटल, बजार, उद्योग सबै बन्द भएको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आईएमएफ’ले विश्व आर्थिक संकटको चपेटामा परेको बताएको छ।

आईएमएफकी प्रमुख क्रिस्टिलिना गोर्गिवाले भनेकी छिन्,‘यो स्पष्ट दखिएको छ कि विश्व आर्थिक संकटको अवस्थामा प्रवेश गरिसकेका छन्। हालको अवस्था सन् २००९ को भन्दा पनि नराम्रो हुनेछ।’

कोरोना भाइरसकै कारण विश्वले आर्थिक संकट भोगिरहेको उनको भनाइ छ।

उनी भन्छिन्,‘विश्वको अर्थव्यवस्था यस समय ठूलो संकटबाट गुज्रिरहेको छ। जुन नोक्सान भएको छ त्योसँग जुध्न ठूलो सहयोगकको खाँचो हुनेछ।’

विश्वका ८० देशले यतिबेला आईएमएफसँग मद्दत मागिसकेको क्रिस्टिलिनाको भनाइ छ।

विश्वभर एकैपटक आर्थिक गतिविधि ठप्प हुँदा उदीयमान बजारलाई उकास्न कम्तिम पनि २५ सय अर्ब डलरको खाँचो हुने आइएमएफको भनाइ छ।

कोरोना भाइरसका कारण विश्वभर बेरोजगारीको समस्या पनि उत्तिकै बढिरहेको छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad