भारतमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या नौ सय नाघेको छ।
अहिलेसम्म भारतमा नौ सय दुई जनामा यसको संक्रमण पुष्टी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ। शुक्रबार एकै दिन भारतमा १५ जना नयाँ संक्रमित फेला परेका छन्।
बिहीबार एकै दिन भारतमा कोरोना संक्रमणबाट आठ जनाले ज्यान गुमाएका थिए।
अहिलेसम्म भारतमा उपचारपछि ८३ जना निको भएका छन्।
3
Shares

प्रतिक्रिया