सशस्त्र प्रहरी बलले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ।
उक्त लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलिले बरामद गरेको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको छ।
ती दुई वटा घरमा ठूलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानै बाट नं. २ गण झापाबाट डीएसपीको कमान्डमा टोलि खटाएर निगरानी गरि दिउँसो छापा मारिएको न्यौपानेले बताए।
बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ। कति मूल्यको सामान भन्ने एकिन भने भएको छैन।
करिब १ करोड मूल्य बरबरको हुन सक्ने अनुमान सशस्त्रले गरेकाे छ।
Shares

प्रतिक्रिया