ad ad

समाज


ग्यास चुहिएर आगलागी हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

ग्यास चुहिएर आगलागी हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

गोकुल जोशी
चैत १४, २०७६ शुक्रबार १५:५२,

कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीमा शुक्रबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन्।

स्थानीय धर्मराज बडूको घरमा ग्यास सिलिन्डर जडान गर्ने क्रममा ग्यास चुहावट भएर आगलागी हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार घाइते हुनेहरुमा घरधनी धर्मराज बडू र बेदकोट नगरपालिका–३ का मिन बहादुर बोहरा छन्।

‘नयाँ सिलिन्डर ग्यास जडान गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको देखिन्छ’ डिएसपी पौडेलले भने।

ग्यास चुहावट पछि भएको आगलागीबाट घाइते भएका धर्मराज बडूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको छ।

अर्का घाइते मिन बहादुर बोहराको महाकाली अस्पतालमा उपचार भइरहेको छ। उनी ग्यास जडान गर्ने काम गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .