ad ad

कारोबार


यती एयरलान्सद्वारा पोखराबाट ५८ पर्यटकको उद्दार

यती एयरलान्सद्वारा पोखराबाट ५८ पर्यटकको उद्दार

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १६:९,

यती एयरलान्सले पोखरामाअलपत्र परेका ५८ जना पर्यटकको उद्धार गरी काठमाडौं ल्याएको छ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई यती एअरलाइन्सले उद्दार गरी शुक्रबार काठमाडौं ल्याएको हो। ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु छन्।

काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एयरलान्सले पर्यटकहरु उद्दारका लागि विमान पठाएको हो।

यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटीआर ७२ ९एन एएमएन विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो।

यसका साथै यती एयरलान्सको भगिनी संस्था तारा एअरले हिजो लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज विहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो।

लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .