समाज


राशिफल ११ चैत : कर्कटको चलाखीले काम बन्ने, सिंहको यात्रामा बाधा आइलाग्ने, तपाईँको के?

राशिफल ११ चैत : कर्कटको चलाखीले काम बन्ने, सिंहको यात्रामा बाधा आइलाग्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत ११, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, ११ चैत २०८१ (२४ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। एकोहोरो मायाले सताउनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद, धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यसँग भेटघाट हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धनलाभ हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। आहारविहारप्रति विशेष ध्यान दिन आवश्यक छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्रेम जीवन सफल र सुखद रहने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। पेसा-व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

धनु : यात्रामा पैसा खर्च हुने योग छ। मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। चोटपटकको भय छ सचेत रहनुहोला। प्यारो साथीसँग भने मन खिन्न रहनेछ। त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मकर : यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कसैकसैलाई सन्तान लाभ हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको योग छ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा रमाइलो यात्राको सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : अधुरा काम फत्ते हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad