समाज


९ हजार २७० मतदाता रहेको पीएन क्याम्पसमा २ हजार ८९६ मत खस्यो

९ हजार २७० मतदाता रहेको पीएन क्याम्पसमा २ हजार ८९६ मत खस्यो

नेपालखबर
चैत १०, २०८१ आइतबार १८:२३, काठमाडौँ

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा दुई हजार ८९६ मत खसेको छ।

बिहान ८ बजेदेखि अपरान्ह ४ बजे (लाइनमा लागेका समेत) कूल २ हजार ८९६ मतदाताले मत दिएको निर्वाचन समितिले जनाएको छ।

जसमा पुरुष मतदाता १ हजार ५१६ र महिला १ हजार ३८० छन्।

पीएन क्याम्पसमा कूल मतदाताको संख्या भने ९ हजार २७० रहेको छ।

चैत ५ गते विवाद भएपछि स्थगित भएको चुनाव अन्तर्गत आज भएको मतदानमा विद्यार्थीहरूले खासै उत्साह नदेखाएका हुन्।

विद्यार्थी संगठनको विवादका कारण चैत ५ गते स्ववियु निर्वाचन रोकिएको थियो।

नयाँ निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि चुनाव भएको हो।

समानुपातिक निर्वाचन प्रणालीमा अखिल ९छैठौं० का अध्यक्षको नाम रहेको तर मतदानको लागि कोष्ट नभएको भन्दै सो संगठनले आपत्ति जनाएपछि विवाद सुरु भएको थियो।
अखिल (छैठौं) बाट मिलन सुनार चुनावी मैदानमा छन्।

पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औँ अध्यक्ष बन्न मिलनसहित ८ जना मैदानमा छन्।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी,  प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन्। कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad