आज आइतबार, १० चैत २०८१ (२३ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। अलंकार प्राप्ति हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजार ४२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृष: आलस्य नत्यागेमा काममा सफलता नमिल्ला। मन दोधारको अवस्था सिर्जना हुनसक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ। आर्थिक संकटले मनमा अशान्ति र छटपटी व्याप्त होला।
भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजार ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।
मिथुन: गोपनीय ढंगले गरिएको काममा सफलता पाउनुहुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजार ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ। दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा खुसीका निम्ति केही खर्च हुनसक्छ। महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजार ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह: कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै यात्राको अवसर प्राप्त होला।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजार ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कन्या: सानातिना समस्यामा अल्झनुपर्नेछ। नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन। शरीरमा उमंगको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुनेछ। मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजार ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
तुला: लामो समयदेखि रोकिएका अधुरा र विदेशका कामहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जीवनसाथीको सल्लाहमा गरिएका कार्यमा अधिक सफलता मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजार ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृश्चिक: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजार ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजार ७९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर: झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला तर राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुँदा सार्वजनिक पद पाउने योग रहेको छ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजार ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कुम्भ: कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झिनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। केही धन खर्च भने हुनसक्छ।
भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजार ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन: परोपकारका क्षेत्रमा लगानीको समय छ। समय निकै उत्साहजनक रहनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। आर्थिक लाभ हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजार ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।
Shares

प्रतिक्रिया