समाज


भक्तपुरमा भेटियो चोरीका मोबाइल किन्ने पसल, २७१ वटासहित ७ जना पक्राउ

भक्तपुरमा भेटियो चोरीका मोबाइल किन्ने पसल, २७१ वटासहित ७ जना पक्राउ

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १६:३६, काठमाडौँ

प्रहरीले काठमाडौँमा मोबाइल चोरीमा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार साँझ ६ बजेतिर ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल चोरी भएपछि अनुसन्धान गर्दा थप व्यक्ति र सामान समेत बरामद गरेको हो।

कोटेश्वरचोक नजिकबाट पाकेट मारी भागेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले चोरी गरेका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको प्रहरीको भनाइ छ।

मोबाइल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल २७१, ट्याब ९ र ल्यापटप १५ वटा बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

प्रहरीले रिपेयरिङ सेन्टरका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, काभ्रेको खानीखोला गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त राना मगर, दोलखाको  सैलुङ गाउँपालिकाक ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा रहेका छन्।

यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थायी घर भई हाल चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे र काठमाडौँ सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कट्वाल रहेका छन्।

कुन कम्पनीका कति मोबाइल बरामद?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad