समाज


स्ववियु निर्वाचन भएका ३८ आंगिक क्याम्पसमध्ये १० वटामा अखिल क्रान्तिकारी विजयी

स्ववियु निर्वाचन भएका ३८ आंगिक क्याम्पसमध्ये १० वटामा अखिल क्रान्तिकारी विजयी

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८१ बिहिबार १०:५१, काठमाडौँ

स्ववियु निर्वाचन भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतगका ४० वटा आंगिक क्याम्पसमध्ये १० वटाको स्ववियु नेतृत्व आफ्नो संगठनले जितेको दाबी माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको छ। 

४० वटा आंगिक क्याम्पसमध्ये ३८ वटामा यही चैत ५ गते स्ववियु निर्वाचन भएको थियो भने दुईवटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ। आंगिक, सम्बन्धन प्राप्तसहित तीनसय भन्दा धेरै क्याम्पसमा स्ववियु निर्वाचन भएको छ। 

चुनाव भएका ३८ आंगिक क्याम्पसमध्ये १० वटामा क्रान्तिकारीको नेतृत्त्व विजयी भएको दाबी अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले गरेका छन्। चुनाव भएका तीनसयमध्ये अहिलेसम्म आफ्नो संगठनले ८१ भन्दा धेरै क्याम्पसमा नेतृत्व जितेको क्रान्तिकारीको दाबी छ। 

तर, अनेरास्ववियु र नेविसंघका नेताहरुले भने स्वतन्त्र रुपमा विजयी भएका केही क्याम्पसको नेतृत्वलाई पनि क्रान्तिकारीले आफ्नो संगठनको जितको रुपमा प्रचार गरिरहेको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad