समाज


सेतो मछिन्द्रनाथको आसन बनाउन भारतले दियो २४ किलो चाँदी

सेतो मछिन्द्रनाथको आसन बनाउन भारतले दियो २४ किलो चाँदी

नेपालखबर
चैत ६, २०८१ बुधबार १६:४८, काठमाडौँ

पुननिर्माणको क्रममा रहेको सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि भारतीय दूतावासकातर्फबाट २४ किलो चाँदी आज हस्तान्तरण गरिएको छ। दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन्। 

२४ किलो चाँदीको लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट्र बैंकबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चाँदी खरिद गरेको थियो।

२०७२ सालमा आएको भूकम्पले क्षती पुर्याएको सो पुरातात्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ। पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलाई नै चाँदीका लागि आग्रह गरिएको थियो।

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ६ करोड २६ लाख लागतमा पुरातत्व विभागबाट स्वीकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रबलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ। 

सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलिकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad